२८ आश्विन २०८३, बुधबार

एचएण्डबी डेभलपमेन्ट बैंक राष्ट्र बैंकको नियन्त्रणमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

NRB-Nepal-Rastra-Bankकाठमाडौ । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बुधवार बसेको बैठकले   एचएण्डबी डेभलपमेन्ट  बैंकका प्रमुख कार्यकारी अधिकृतलाई निलम्बन गरेको छ ।

बैठकले एचएन्डबी डेभलपमेन्ट बैंकको व्यवस्थापन  भंग गरेको छ ।  गुड फर पेमेन्ट’ काण्डका कारण समस्यामा परेको एचएण्डबी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले आफ्नो नियन्त्रणमा लिएको छ ।

बैंकलाई आफ्नो नियन्त्रणमा लिँदै राष्ट्र बैंकका उपनिर्देशक ज्ञानकृष्ण अधिकारीको नेतृत्वमा तीन सदस्यी व्यवस्थापन टोली पठाइएको छ । राष्ट्र बैंकले पठाएको व्यवस्थापन टोलीमा उपनिर्देशक विष्णुमणि गौतम र सहायक निर्देशक हेमराज अधिकारीलाई पठाएको छ । नयाँ व्यवस्थापनको समयका बारेमा राष्ट्र बैंकले उल्लेख गरेको छैन । बैंकको सुधार नभएसम्मका लागि नयाँ व्यवस्थापनले काम गर्नेछ ।

गुड फर पेमेन्ट काण्डपछि बैंक समस्यामा परेको र सुधार गर्नका लागि राष्ट्र बैंकले पटक(पटक दिएको निर्देशन पालना नगरेपछि हस्तक्षेप गर्नुपरेको प्रवक्ता भाष्करमणि ज्ञवालीले जानकारी दिए ।

4311dda30f972946d67612e9363050d9

राष्ट्र बैंकले गुड फर पेमेन्टका चेकमा आधिकारिकता चेक गरेर आधिकारिक भए भुक्तानी गर्न र आधिकारिक नभए भुक्तानी नगरी आवश्यक कारवाहीको प्रक्रिया चाल्न दिर्नेशन दिएको थियो । ‘बैंकको सञ्चालक समिति र व्यवस्थापनले राष्ट्र बैंकको निर्देशनको पालना नगरेपछि जनताको निक्षेपको सुरक्षा गर्न राष्ट्र बैंकले हस्तक्षेप गर्नु परेको बताईएको छ ।

बैंकलाई आफ्नो नियन्त्रणमा लिँदै राष्ट्र बैंकका उपनिर्देशक ज्ञानकृष्ण अधिकारीको नेतृत्वमा तीन  सदस्यीय व्यवस्थापनटोली पठाइएको छ ।