
काठमाडौँ, ९ जेठ । प्रधानमन्त्री केपी ओलीले आफू कति बाँच्छु भन्ने थाहा छैन तर लोकतन्त्र सधैँ बाच्नुपर्ने बताएका छन् ।
आइतबार बालुवाटारमा भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई जिताउनु आफ्नो कर्तव्य भएको बताउँदै उनले भने, ‘लोकतन्त्रलाई जिताउनु मेरो कर्तव्य हो। म कति बाँच्छु थाहा छैन। तर लोकतन्त्र सधैँ बाच्नुपर्छ’
त्यस्तै, उनले थपे, ‘मेरो पार्टीले चुनाव चित्छ जित्दैन थाहा छैन, लोकतन्त्रले सधैँ जित्नुपर्छ ।’
त्यस्तै, यो लडाइँ आफ्ना लागि नभएको पनि जनाएका छन् । ‘मेरो लडाइँ आफ्ना निम्ति होइन। जब मान्छे बृहत् लक्ष्यका लागि लड्छ तबमात्र ज्यान जोखिममा राख्नसक्छ । मैले सधै ज्यान जोखिममा राखेको छु’, ओलीले भने ।
त्यस्तै, आफू लोकतान्त्रिक आचरणभन्दा पर नजाने र आफूले गराउने चुनाव निष्पक्ष हुने पनि प्रधानमन्त्री ओलीले विश्वास दिलाए ।
‘मैले गराउने चुनाव निष्पक्ष हुन्छ, लोकतान्त्रिक आचारण भन्दा बाहिर गएर चुनाव हुँदैन’, ओलीले भने, ‘मेरो नेतृत्वमा निर्वाचन गर्दा शान्तिपूर्ण वातावरणमा हुनेछ। स्वतन्त्र र निष्पक्ष ढंगले हुनेछ त्यसमा ढुक्क हुनुहोस् ।’
त्यस्तै, उनले चार जना ७० वर्ष कटेका मान्छेका कारण देशमा संकट पैदा भएको बताए ।
‘कुनै भ्रममा नपर्नुहोस् । अहिले अस्वस्थता मच्चाउने को छन् ? चार पल्ट प्रधानमन्त्री भएका, पार्टी सभापति भइसकेका, ७० भन्दा माथि उमेर कटिसकेका, अब लिनु र दिनु केही नभएका मान्छे अस्तव्यस्तता मच्चाइरहेका छन्। युवाको भविष्य र बालबालिकाको भविष्य होइन । आफ्नो अहम् र आफ्नो इगोको चिन्ताका लागि लडेका छन्’, प्रधानमन्त्री ओलीले भने, ‘१५–१५ वर्ष पार्टी नेतृत्व गरेका र प्रधानमन्त्री भइसकेका भएका मान्छे। फेरि आफ्नो अहंकार र आफ्नो इगोको लागि अहिलेको लडाइँ लडिरहेका छन् । यो अस्तव्यस्तता तिनै चारजना मान्छेको स्वार्थ, अतिप्त भोक, कहिल्यै चित्त नबुझाउने, कहिल्यै पेट नभरीने, कहिल्यै तिर्खा नभेटिने अगस्त्य महत्वकांक्षा छ । त्यस महत्वकांक्षाले देश बिग्रदैछ ।’















प्रतिक्रिया