काठमाडौं, ९ जेठ । सत्तारुढ एमालेभित्रको आन्तरिक विवादले पार्टी विभाजनको अन्तिम संघारमा रहेका बेला नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) दर्ताका लागि निवेदन दिएको खुलासा भएको छ ।
एमालेका नेता समेत रहेका जीवन राईले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका हुन् । राईले वैशाख ७ गते आयोगमा निवेदन दिएको खुलासा भएको छ ।
एमालेका नेता राई आफैले पार्टी दर्ता गरेका हुन् वा अरु कसैले दर्ता गर्न लगाएको हो ? केही भनिएको छैन ।
राईले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) दर्ताका लागि आयोगमा निवेदन दर्ता गराएपछि एमालेका शुभेच्छुकहरूले चासो देखाएका छन् ।
यो नयाँ पार्टी वरिष्ठ नेता माधव नेपाल समूहले दर्ता गर्न निवेदन दिएको त होइन ? भनेर एमालेभित्र चर्चा भएको एक केन्द्रीय सदस्यले बताए ।
एमालेका वरिष्ठ नेता माधव नेपालले आइतबार एउटा राष्ट्रिय दैनिकलाई दिएको अन्तर्वार्तामा नयाँ पार्टी गठन गर्ने बताएका थिए ।
निर्वाचन आयोगले पनि राईलाई अझै दल दर्ताको प्रमाणपत्र दिएको छैन ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत)को अध्यक्षमा राई आफै छन् । उपाध्यक्षमा कल्पना गुरुङ रहेकी छिन् ।
महासचिव विनोद खुलाल रहेका छन् भने सचिव ऐनविक्रम कुँवरलाई जिम्मेवारी दिइएको छ ।
नयाँ पार्टीको कोषाध्यक्षको जिम्मेवारी सुशील खनालले पाएका छन् ।















प्रतिक्रिया