९ कार्तिक २०८३, सोमबार

माधव नेपाल समूहको कारबाही फुकुवा, कांग्रेसलाई तनाब

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० वैशाख । एमालेले माधवकुमार नेपालसहित चार नेताहरूको कारबाहीको निर्णय फुकुवा गरेको छ ।

कारबाही फुकुवा भएसँगै नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावना निकै कम भएको छ ।

बालुवाटारमा बिहीबार बसेको स्थायी कमिटीको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको निलम्बनको कारबाही फुकुवा गर्ने निर्णय गरेको एमालेका एक नेताले बताएका छन् ।

नेपाल समूहका सांसदहरूले बिहीबार सामूहिक राजीनामा दिने चर्चा भइरहेका बेला एमालेका अध्यक्ष प्रधानमन्त्री केपी ओलीले काबाही फुकुवा गरेर आफू पुनः प्रधानमन्त्री बन्ने बाटो खोलेका छन् ।

माधव नेपाल र विष्णु पौडेलबीच बिहीबार बिहान कोटेश्वरस्थित निवासमा वार्ता भएपछि स्थायी कमिटीको बैठक बसेर कारबाही फुकुवा भएको छ ।