९ कार्तिक २०८३, सोमबार

सरकारमा दाबी गर्ने समय सकिनै लाग्दा तीन सांसद अपहरण

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० वैशाख । एमालेका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद महेश बस्नेतले जनता समाजवादी पार्टी (जसपा)का तीन जना सांसदहरू अपहरणमा परेको दाबी गरेका छन् ।

एमालेका नेता बस्नेतले बाबुराम भट्टराई–उपेन्द्र यादवले महन्त ठाकुर–राजेन्द्र महतोका सांसदहरू अपहरण गरेको आरोप लगाएका हुन् । बस्नेतले फेसबुकमा स्टाटस लेखेर जसपाका तीन जना सांसद अहपरणमा परेको दाबी गरेका छन् ।

जसपाभित्रको आन्तरिक राजनीतिमा एमालेका नेता बोलेर विवादमा परेका छन् । उपेन्द्र यादव, बाबुराम भट्टराई, महन्थ ठाकुर र राजेन्द्र महतो एउटै पार्टीका नेताहरू हुन् ।

एउटै पार्टीको नेताहरूले सांसद अपहरण गर्ने आरोप एमालेका नेताले लगाएपछि बस्नेत माथि आशंका सोझिएको उपेन्द्र यादवको सचिवालयले गरेको छ ।

‘आज बाबुराम र उपेन्द्र यादवहरूले महन्त ठाकुर र राजेन्द्र महतोलाई समर्थन गर्ने तीन जना साँसदहरूलाइ कहाँ लुकाएर राख्नु भएको छ ? के तिनीहरू अपहरणमा परेका होइनन् ?’, प्रश्न गर्दै एमाले नेता बस्नेतले भने, ‘लुम्बिनी प्रदेशका सांसदहरूलाई घरी एउटा निर्णय, घरी अर्को निर्णय गरेर पार्टीको कुनै निर्णयबिना फेक हस्ताक्षर गरेर चार जना साथीहरूको सांसद पद खाएर कसको स्वार्थको लागि कसको सेवा गरिरहनुभएको छ ?’

‘बाबुरामको मनमा लुकेको प्रधानमन्त्रीको चहना र उपेन्द्रको मनमा रहेको उप–प्रधानमन्त्री र शक्तिशाली मन्त्री पाउने सत्ता स्वार्थको लागि यस्त हर्कत किन गर्नुभएको छ ?’, नेता बस्नेतले प्रश्न गरेका छन् ।

प्रधानमन्त्री केपी ओलीले संसदबाट विश्वासको मत पाउन नसकेपछि सरकार ढलेको थियो । राष्ट्रपतिले तीन दिनको समय दिएर सरकारमा दाबी गर्न भनिएको थियो । दाबी गर्न दिइएको समय बिहीबार सकिँदैछ ।

समय सकिने तयारीमा रहेका बेला एमालेका नेता बस्नेतले जसपाका तीन जना सांसद अपहरणमा परेको बताएका हुन् । एमालेका नेता बस्नेतले कुन–कुन सांसद अपहरणमा परेका हुन् नाम उल्लेख गरेका छैनन् ।