६ कार्तिक २०८३, शुक्रबार

जनमोर्चाका सांसदले ह्वीप नमानेपछि नयाँ सरकार बनाउने कांग्रेस–माओवादीको प्रयास असफल

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २८ वैशाख । राष्ट्रिय जनमोर्चाका सांसदले पार्टीको ह्वीप नमानेपछि गण्डाकी प्रदेशमा नयाँ सरकार बनाउने कांग्रेस र माओवादी केन्द्रको प्रयास असफल भएको छ ।

राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले सोमबार ह्वीप जारी गरे पनि दलका नेता कृष्ण थापाले वैकल्पिक सरकारको पक्षमा हस्ताक्षर गर्न नमानेपछि गण्डकी प्रदेशमा गठबन्धन सरकार बनाउने कांग्रेस–माओवादीसहित चार दलको प्रयास दोस्रो पटक पनि असफल भएको हो ।

प्रदेश प्रमुख सीता पौडेलले वैकल्पिक सरकार गठनका लागि दलहरूलाई दिएको तीन दिनको समय आज सकिँदैछ ।

गण्डकीमा राजमोका ३ जना सांसद छन् । अघिल्लो पटक बिरामी परेर अनुपस्थित भएका खिमविक्रम शाही पार्टीको निर्णय मान्न तयार भए पनि दलका नेता थापाले बागलुङमा कांग्रेससँगको राजनीति फरक रहेको भन्दै हस्ताक्षर गर्न मानेनन् र गठबन्धन प्रयास कम्तीमा एक महिनाका लागि असफल बनाइदिएका छन् ।