६ कार्तिक २०८३, शुक्रबार

तोकिएकोभन्दा बढी भाडा नतिर्न यात्रुलाई प्रहरीको आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा । तोकिएकोभन्दा बढी सवारी भाडा नतिर्न यात्रुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले आग्रह गरेको छ ।

तोकिएको दरभन्दा बढी भाडा असुली गरेको पाइएमा सम्बन्धित निकायमा उजुरी गर्न प्रहरीले अनुरोध गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीले यात्रुबाट तोकिएकोभन्दा बढी भाडा असुली गरेको जानकारी प्राप्त भएमा तत्काल कारबाही गरिने बताए ।

यात्रुलाई अनावश्यक आर्थिक भारबाट जोगाउन तथा सार्वजनिक यातायातमा हुने सम्भावित अनियमितता नियन्त्रण गर्न प्रहरी सक्रिय रहेको जनाइएको छ ।

प्रहरीले सार्वजनिक यातायातका साधन प्रयोग गर्दा तोकिएको भाडादरअनुसार मात्र रकम तिर्न र बढी भाडा असुली भएमा सम्बन्धित निकायमा उजुरी गरी आवश्यक सहयोग गर्न यात्रुहरूलाई आग्रह गरेको छ ।