१३ कार्तिक २०८३, शुक्रबार

सहमतिका लागि पर्खाइको अन्त्य : एमाले वरिष्ठ नेता खनाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jhalnath-Khanalकाठमाडौँ, १९ चैत । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले संविधान लेखनमा सहमति गर्ने पर्खाइको अन्त्य भएको बताउनुभएको छ ।

प्रेस चौतारी नेपालले आज यहाँ आयोजना गरेको एमाले केन्द्रीय प्रचार विभागका नयाँ प्रमुखमा र उपप्रमुखलाई स्वागत तथा निवर्तमान प्रमुखको विदाई कार्यक्रममा उहाँले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले यही चैत २३ गते संविधानसभाको बैठका बेलाउनु भएकाले अब सहमतिको पर्खाइको समय अन्त्य भएको बताउनुभयो ।

नेता खनालले भन्नुभयो, “वार्ताको क्रम र पर्खाइ धेरै लामो भयो, अब त्यो अन्त्य भएको छ तर सहमतिका लागि वार्ताको ढोका चाहीँ खुल्ला छ, जतिसक्दो छिटो सहमति गरेर संविधान जारी गर्नुपर्छ ।”

संविधान बन्नेमा पूर्ण विश्वत हुन आग्रह गर्दै उहाँले पूर्णरूपमा आत्मविश्वासका साथ सहमति गरेर अघि बढेका संविधान जारी गर्न ढिलाइ नहुने विचार व्यक्त गर्नुभयो ।

राष्ट्रिय हितमा प्रतिकूल असर पार्नेबाहेका कतिपय कुरामा पार्टी लचिलो हुने तयार भएको भन्दै उहाँले संविधान लेखनमा सहमति जुट्न नसक्दा राजतन्त्रका अवशेष, पूर्व पञ्चहरू र आतङ्ककारी गतिविधि गर्ने मुलुकमा सलवलाइहरेकाले सहमतिको विकल्प नभएको बताउनुभयो ।

एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले कतिपय अवस्थामा पार्टीलाई नखाएको विष लाग्ने गरेको गुनासो गर्दै चिकित्सक डा गोविन्द केसीको अनशनलाई लिएर विभिन्न ढङ्गले नकारात्मकरूपमा पार्टीलाई चित्रण गरेको बताउनुभयो ।

पार्टीको नर्वौँ महाधिवेशनको पक्षधरता सकिएर आन्तरिकरूपमा पार्टी एकताबद्ध भएको भन्दै उहाँले अनलाइन र सामाजिक सञ्जालमा हजार राम्रा कुरालाई बेवास्ता गरी एउटा कमजोर पक्षलाई बढाइचढाइ खेल्नु ठीक नभएको भन्दै उहाँले भन्नुभयो, “आफ्नै घर जलाएर एक छिन न्यानो ताप्नुको कुनै अर्थ छैन ।”

पार्टीका अर्का सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले वाम– लोकतान्त्रिक आन्दोलनलाई कमजोर पार्ने चलखेल भइरहेकाले संविधान लेखनका लागि वाम–लोकतान्त्रिक शक्ति बलियो हुनुपर्ने बताउनुभयो ।

उहाँले पार्टीले दिएको प्रचार विभागको जिम्मेवारी सम्हालेपछि केही नयाँ काम र उपलब्धि हासिल गराउने अठोट व्यक्त गर्नुभयो ।

पार्टीका केन्द्रीय सदस्य तथा प्रचार विभागका उपप्रमुख सूर्य थापाले नेपाली जनतामाझ वामपन्थीहरूले पाएको हैसियतलाई कसैले कमजोर ठान्न नहुने बताउनुभयो ।

चौतारीका अध्यक्ष राजेन्द्र अर्यालले प्रचार विभागको जिम्मेवारीमा भट्टराई र थापालाई स्वागत गर्दै निवर्तमान प्रमुख ज्ञवालीलाई विदाई गर्नुभएको छ । रासस