३० आश्विन २०८३, शुक्रबार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Petrol-Pumpकाठमाडौं, १९ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

बिहीबार राती १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको लिटरमा एक रूपैयाँले मूल्य घटाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आएकाले मूल्य समायोजन गरेको आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिनुभयो ।

नयाँ मूल्य अनुसार पेट्रोल एक लिटरको मूल्य १ सय ९ रुपैयाँमा झरेको छ । डिजेल र मट्टितेल ८६ रुपैयाँ ५० पैसा मूल्य तोकिएको छ । केही दिन अघि मात्रै भारतमा पनि पेट्रोलियम पदार्थको मूल्य घटेको थियो ।