१३ कार्तिक २०८३, शुक्रबार

डा गोविन्द केसीले जुत्ता सिलाउने र बिरामीको हातबाट जुस पिएर अनशन तोडे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Govinda-KC
फाइल तस्वीर

काठमाडौँ, १९ चैत । शिक्षण अस्पतालका चिकित्सक डा गोविन्द केसीले १२ औं दिनपछि अनशन तोडेका छन् ।

शिक्षण अस्पतालको परिसरमा जुत्ता सिलाउने र बिरामीको हातबाट जुस पिएर डा. केसीले बिहीबार अनशन तोडेका हुन् । अस्पतालको गेटमा जुत्ता सिलाउने काम गर्दै आएका सत्यनारायण राम र अर्थोपेडिक्स विभागका १० वर्षीय बिरामी सुवास अधिकारीले डा. केसीले संयुक्त रुपमा जुस खुवाएएर अनशन तोडाएका थिए ।

प्रधानमन्त्री सुशील कोइरालाबाट अनसन तोडाउने भनिएपनि डा केसीले सामान्य व्यक्तिकै हातबाट अनशन तोड्न खोजेका थिए ।

अनसन तोडेपछि लिखित मन्तव्य दिँदैं डा केसीले आफ्नोमात्र नभई ३ करोड नेपालीका लागि आफूले आन्दोलन गरेको भन्दै आन्दोलनप्रति ऐक्यबद्धता जनाउने सबैलाई धन्यवाद दिए ।
यो पनि पढ्नुहोस्:
डा केसीको अनशन फिर्ता, यस्तो छ सरकारसँग भएको सहमति