
काठमाडौँ, ११ चैत । अविश्वासको प्रस्ताव फिर्ता हुने भएसँगै प्रदेश १ र वागमती प्रदेश सरकार अल्पमतमा पर्ने खतरा टरेको छ ।
नेकपा एमाले नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको स्थायी समिति बैठकले प्रदेश १ र बागमती प्रदेश सरकारविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिने निर्णय गरेको हो ।
उक्त पक्षले दर्ता भएको अविश्वासको प्रस्ताव एक दुई दिनभित्रै फिर्ता लिने जानकारी दिएको हो ।
वागमतीमा पुस १० र प्रदेश १ मा पुस १२ गते मुख्यमन्त्री डोरमणी पौडेल र शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो ।
अविश्वासको प्रस्ताव फिर्ता हुने भएसँगै मुख्यमन्त्री पौडेल र राईको पद सुरक्षित भएको छ ।












प्रतिक्रिया