१३ कार्तिक २०८३, शुक्रबार

श्रीमानसँगै दुइ दिनदेखि होटलमा बस्दै आएकी महिलाको शव फेला

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ११ चैत । जनकपुरधामको एक होटलमा श्रीमानसँगै बसेकी महिलाको शव भेटिएको छ ।

रामानन्द चोकस्थित सर्लाही होटेल एण्ड गेष्ट हाउसमा महिलाको शव भेटिएको हो । श्रीमान श्रीमती नै दुई दिनदेखि त्यो होटलमा बस्दै आएका थिए ।

प्रहरीले मृत भेटिनेमा म्याग्दीको साविक बिम गाविस बस्ने ३० वर्षीया सिर्जना सुनार श्रीपाली रहेकी जनाएको छ ।

स्कुटीको लाइसेन्स बनाउन उनी श्रीमानसँगै जनकपुर पुगेकी थिइन् ।

होटलको छेउमै रहेको खानेपानी संस्थानको कम्पाउण्डमा आधा शरीर पानीमा र आधा बाहिर रहेको अवस्थामा उनको शव फेला परेको धनुषा प्रहरीले जनाएको छ ।

मृतकका श्रीमानले होटलको पाँचौँ तलाबाट खसेर श्रीमतीको मृत्यु भएको बताएका छन् । उता प्रहरीले श्रीपालीको हत्या हो की आत्महत्या अनुसन्धान भइरहेको जनाएको छ ।