१३ कार्तिक २०८३, शुक्रबार

राइडरहरुलाई लोगोअङ्कित ज्याकेट र ट्राउजर नलगाउन पठाओको निर्देशन

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० चैत । सेयर राइडिङ कम्पनी पठाओले आफ्ना राइडरहरुलाई कम्पनीको लोगोअङ्कित कुनै पनि कपडा नलगाउन निर्देशन जारी गरेको छ ।

कम्पनीको लोगो अंकित पीपीईको ज्याकेट, ट्राउजरले पछिल्लो समय विवाद निम्त्याएको भन्दै कम्पनीले अर्को सूचना जारी नहुँदासम्म उक्त कपडा नलगाउन राइडरहरुलाई ह्वीप जारी गरेको हो ।

एक प्रेस विज्ञप्ति जारी गर्दै कम्पनीले मंगलबार राइडरहरुलाई यस्तो सूचना गरेको हो ।

निर्देशन नमाने राइडरहरुले स्वयम घटनाको जिम्मेवार हुनुपर्ने विज्ञप्तिमा भनिएको छ । ‘कोरोना कहरमा जारी गरिएको सरकारी स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार पठाओ नेपाल प्रालिले राइडर र सेवाग्राहीको स्वास्थ्य सावधानीलाई मध्यनजर गर्दै राइडरलाई राइडको समयमा अनिवार्य गराएको ‘प्रेटेक्टिभ गेयर’ (ज्याकेट र ट्राउजर सहितको कपडा) तत्कालका लागि बन्द गरेको छ ।’

पछिल्लो समयमा पठाओ सेवालाई थप व्यवस्थित गर्न सम्बन्धित सरकारी निकायसँग गरिएको छलफलअनुसार अफलाइन राइडको विकृतिलाई निरुत्साहित गर्न र राइडको सहज परिस्थिति बनाउन तत्कालको लागि पठाओको प्रोटेक्टिभ गेयर प्रयोग नगर्न निर्देशन भएकोले सम्पूर्ण राइडरले पठाओको लोगो या ब्रान्ड झल्काउने कुनै पनि कपडा अर्को सूचना नाअएसम्म प्रयोग नगर्न अनुरोध गरिएको छ’ पठाओ नेपाल प्रालिका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सूचनालाई बेवास्ता गरे खण्डमा प्रशासनबाट कारवाही समेत हुन सक्ने र सो अवस्थामा कम्पनी जिम्मेवार नहुने जानकारी विज्ञप्तिमा उल्लेख छ । यद्यपि यात्रुलाई सेवा भने निर्वाद जारी राख्ने कम्पनीले बताएको छ ।