५ कार्तिक २०८३, बिहिबार

पोखरा विमानस्थलमा नेपाली सेनाका नक्कली सहायक सेनानी छिरेपछि…

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की, ९ चैत । नेपाली सेनाको सहायक सेनानी हुँ भन्दै हिँड्ने नक्कली सहायक सेनानी पक्राउ परेका छन् ।

मुस्ताङको थासाङ गाउँपालिका–४ का १८ वर्षीय किशोर पोखरा महानगरपालिका–१४ चाउथेबाट शनिबार पक्राउ परेका हुन् ।

सोही ठाउँस्थित निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलमा प्रवेश गरी शंकास्पद हर्कत गरेपछि त्यहाँ खटिएको नेपाली सेनाको टोलीले जाँच गर्दा निज नेपाली सेनामा कार्यरत नभएको पाइएकाले उनलाई तत्काल नियन्त्रणमा लिईएको बताइएको छ ।

आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रतिवेदन सहित हाल उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाएको छ । उनको साथबाट नेपाली सेनाको सहायक सेनानी दर्जाको दर्ज्यानी चिह्नसहित पोसाक (चुस्ता), बुट, श्री भगवतीदल गण पोखरा लेखिएको परिचयपत्र १ थान, फ्लाईरोज लेखिएको कालो रंगको नक्कली वाकिटकी रेडियो सेट १ थान, १ थान मोबाइल र रमेश श्रेष्ठको नामको नेपाली नागरिकताको प्रतिलिपि १ थान बरामद भएको छ ।

उनी उपर लिखत सम्बन्धी कसूर अन्तर्गत जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप भई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।