
काठमाडौँ, २० फागुन । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले संसदीय दलको बैठक बोलाएको छ ।
संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बैठक फागुन २२ गते दिउँसो ३ बजे बोलाइएको जानकारी दिए ।
भट्टराईले बैठकका लागि १७३ सांसदलाई एसएमएसमार्फत सूचना पठाइएको बताए ।
पुस ५ गतेको संसद विघटनपछि राजनीतिक रुपमा दुई कित्तामा उभिएको नेकपामा प्रचण्ड माधव पक्ष र ओली पक्ष रहेका छन् ।
२२ गतेको संसदीय दलको बैठकमा प्रचण्ड माधव पक्षका सांसदहरुलाई पनि बोलाइएको बताइएको छ ।














प्रतिक्रिया