१२ कार्तिक २०८३, बिहिबार

हिजोको जस्तो जनताका दुःख, कष्टका दिन गए: प्रधानमन्त्री ओली

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुली, २० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले अब हिजो जस्तो नेपाली जनताका अब दुख र कष्टका दिन गएको बताएका छन् ।

बिहीबार सिन्धुलीको कुुसुमटारमा सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास क्रममा प्रधानमन्त्री ओलीले सरकारले विकासको गति तीव्र बनाएको भन्दै जनताका दुःख गएका बताएका हुन् ।

‘अब हिजोको जस्तो नेपाली जनताका दुख, कष्टका दिन गए । सरकारले बहुआयामिक उद्देश्यका आयोजनाहरु बनाउँदै गएको छ । अरु पनि ल्याउदै जानेछ’, प्रधानमन्त्री ओलीले भने ।

कोभिड १९ ले प्रभाव पारे पनि अब विकास अघि बढ्ने उनले बताए ।

प्रधानमन्त्री ओलीले पछिल्लो राजनीतिले केही चिन्ता दिएको भएपनि चिन्ता नलिन आग्रह गरेका छन् । ‘केही केही पिलो निचोरिएर जान्छन् । चिन्ता गर्नुपर्दैन । आन्दोलन देशलाई सम्मृद्ध बनाउनेतिर जान्छ’, ओलीको भनाइ छ ।

त्यस्तै, उनले आफूलाई मधेस पस्न नदिए पनि पानी नछेक्न प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउततर्फ इंगित गर्दै भने, ‘म मुख्यमन्त्री मार्फत खवर पठाउन चाहान्छु, केपी ओलीलाई मधेसमा पस्न नदिएपनि पानी पस्न नछेक्नुहोला ।’