१२ कार्तिक २०८३, बिहिबार

आफताब आलमलाई छुटाउने प्रयास गरिरहेको छुः देउवा

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, १९ फागुन । नेपाली काँग्रेसको सभापति शेरबहादुर देउवाले आफताब आलमलाई छुटाउन आफूले प्रयास गरिरहेको बताएका छन् ।

रौतहटको राजपुर बम विस्फोटमा घाइतेहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका आलमको बचाउ गरेका छन् ।

सभापति देउवाले आलमलाई झुठो मुद्दामा फसाइएको भन्दै बचाउ गरेका छन् ।

वुधबार गढीमाई नगरपालिका–६ धरमपुर, सिंगारवनमा विष्णु पुराण महायज्ञको उद्घाटन गर्दै देउवाले भने, ‘शेख अफ्ताब जेलमा हुनुहुन्छ, उहाँलाई छुटाउन म आफ्नो तर्फबाट लागिरहन्छु ।’

उनले भोलिका दिन सहज हुने भन्दै आलमलाई निर्धक्क बन्न समेत भने ।

२०६४ चैत २८ को संविधानसभा निर्वाचनको अघिल्लो रात राजपुरमा आलमका काका शेख इद्रिसको गोठमा बम बनाउने क्रममा विस्फोट भएको थियो । त्यस क्रममा घाइते भएकाहरुलाई जिउँदै जलाएको आरोपमा इँटा भट्टामा सांसद आलमलाई प्रहरीले २०७६ असोज २६ गते पक्राउ गरेको थियो ।

अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।