१२ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्रीको अफर आए तयार छु: सभापति देउवा

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको प्रस्ताव स्वीकार गर्ने बताएका छन् ।

वुधबार चितवनमा आयोजित कार्यक्रममा सम्बोधनका क्रममा देउवाले आफूले प्रधानमन्त्री नमागेको तर प्रस्ताव आएमा आफू तयार रहेको दावी गरेका छन् ।

संसद विघटनपछि नेकपा राजनीतिक रुपमा विभाजनका फाइदा उठाउन तयार भएको देउवालाई प्रचण्ड माधव पक्षले प्रधानमन्त्रीका अफर गरेका थिए ।

उनले भनेका छन्, ‘प्रधानमन्त्री पाऊँ–प्रधानमन्त्री पाउँ भनेको छैन, आयो भने भाग्नेवाला पनि छैन ।’

उनले आफ्ना पार्टीका नेता रामचन्द्र पौडेलले काँग्रेस प्रतिपक्षी नै बस्नुपर्छ भन्ने भनाइको जवाफ दिँदै भने, ‘अरु पार्टीको (प्राधनमन्त्री) हुनुभन्दा आफ्नै पार्टीको हुँदा फाइदा नै होला, खुसी हुनुहोला भन्ने लाग्थ्यो । तर तपाईको कुरा अरु होस्, शेरबहादुर हुनै हुँदैन भने जस्तो लाग्यो । सानो चित्त नगर्नुस्, विशमल हृदय राख्नुस् रामचन्द्रजी ।’

उनले अघि भने, ‘प्रधानमन्त्रीका लागि मरिमेन्टेवाला पनि छैन, जिम्मेवारी आए भाग्ने वाला पनि छैन ।’