१२ कार्तिक २०८३, बिहिबार

२१ लाख जरिवाना ताेकिएका बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ फागुन । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ललितपुर, ललितपुर महानगरपालिका–१४ तिखिदेवल बस्ने चितवन रत्ननगर नगरपालिका–१३ दयानगर घर भएका ४४ वर्षीय तेज बहादुर खड्कालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७६ असार २३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ५ दिन कैद र २१ लाख रुपैयाँ जरिवाना ठहर भएकोमा सजाय वेरुजू रही फरार रहेका खड्कालाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले ललितपुर तिखिदेवलमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

खड्काले २०७५ सालमा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी झुक्यानमा पारी आफैले संचालन गर्ने सफायर ट्रेडिङ् कम्पनी प्रा.लि. महालक्ष्मीस्थान, ललितपुरको नामबाट संचालित सिभिल बैंक लिमिटेड, शाखा कार्यालय जावलाखेलको खाताबाट भुक्तान हुने गरी बिभिन्न मितिका चेकहरु काटी पीडितलाई दिएर बैकिङ कसूरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट उक्त सजाय हुने गरी फैसला भएको थियो ।

खड्कालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत चितवनमा पेश गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।