१२ कार्तिक २०८३, बिहिबार

माटोको ढिस्कोमा पुरिएर युवतीको मृत्यु, २ जना घाइते

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

मोरङ, १९ फागुन । सुनवर्सी नगरपालिका–१ काला बन्जारस्थित डाँस खोलाको बगरमा माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर सोही नगरपालिका–४ गान्धी आश्रम मामाको घरमा बस्दै आएकी २०

वर्षीया बन्सुगिया यादवको मंगलबार दिउँसो घटनास्तलमै मृत्यु भएको छ ।

साथै माटोको ढिस्कोले पुरिएर घाइते भएका सोही ठाउँ बस्ने ९ वर्षीया मनिका यादव र ५५ वर्षीया झोलीया यादवलाई ईलाका प्रहरी कार्यालय दोहमना र ईलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरीले उद्दार गरी उपचारको लागि रंगेली अस्पताल पठाएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।