काठमाडौं । एसएसपी रमेश खरेललाई काठमाडौंको प्रहरी प्रमुखबाट हेडक्वार्टर सरुवा गर्ने प्रहरी प्रधान कार्यालयको निर्णयको आक्रोश सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले गृहमन्त्री वामदेव गौतममाथि पोखेका छन् ।
सेलिब्रेटी छवि बनाएका खरेललाई सरुवा गरिएपछि फेसबुकका भित्ताहरुमा गृहमन्त्रीको आलोचना भएको हो । खरेललाई काठमाडौंबाट सरुवा गर्नु बेठीक भएको फेसबुकेहरुको धारणा छ।
नेपाल प्रहरीका इमान्दार देशभक्त व्यक्ति खरेललाई कारबाही गरेको भन्दै आक्रोसित युवाहरुले गृहमन्त्री वामदेव गौतमको पुत्ला जलाएको फोतटो फेसबुकमा सार्वजनिक भएको छ । गृहमन्त्रीका लागि आलोचना गर्दै फेसबुकमा अभियान नै संचालन भएको छ ।
सरुवाका विषयमा खरेलले भने केही नबोल्ने बताएका छन् ।
‘मेरो केही प्रतिक्रिया छैन, अहिले केही भन्दिन’ खरेल भने, ‘मौका आएपछि बोल्छु ।’
प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी खरेललाई प्रहरी प्रधान कार्यालयस्थित मानवस्रोत विभागमा सरुवा गरिएको छ ।















प्रतिक्रिया