१२ कार्तिक २०८३, बिहिबार

राष्ट्रियता र राष्ट्रिय हितको रक्षा गर्छौँ: प्रधानमन्त्री ओली

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुले देशको राष्ट्रियताको रक्षा गर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले देशको भौगोलिक अखण्डतालाई माया गर्ने बताउँदै राष्ट्रिय हितको रक्षाका लागि तथा राष्ट्रियताको सवालमा दृढताका साथ लागिपर्ने बताएका छन् ।

सोमबार पोखरामा आयोजित नेकपाको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘हामी हाम्रो देशलाई साँच्चै नै माया गर्छौँ । देशको भौगोलिक अखण्डतालाई माया गर्छौँ , त्यसको रक्षा गर्छौ, राष्ट्रिय हितहरुको रक्षा गर्छौ । राष्ट्रियताको सवालमा हामी सार्वभौमिकता, स्वाधीनता, राष्ट्रिय अखण्डताको हामी दृढताका साथ रक्षा गर्छौँ ।’

तर, राष्ट्रियताको सवालमा आफूहरु एकजुट हुन खोज्दा केही देशका शत्रुहरु यसविरुद्ध लागिपरेको टिप्पणी गर्दै ओलीले उनीहरुले जनताबीचको एकता र उन्नती देख्न नचाहेको बताए ।