
काठमाडौँ, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्को नेकपासँग छिट्टै वार्ता गर्ने बताएका छन् ।
आइतबार गृहजिल्ला झापामा नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास समारोहलाई सम्बोधन गर्दै उनले विप्लव समूहसँग वार्ता हुने बताएका हुन् ।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरुलाई खुशीको खवर छ । अब शान्तिको सम्बन्धमा अलिअलि समस्या रहेको ठानिएको विप्लव समूहको समस्याको पनि हामी छिट्टै वार्ताद्वारा समाधान गर्नेछौँँ ।’
उनले भने, ‘तपाईंहरुले घर बसिबसी समस्या समाधानको भव्य कार्यक्रम टेलिभिजनबाट देख्नुहुनेछ ।’ त्यस्तै, प्रधानमन्त्री ओलीले अबको ५ वर्षमा नेपाल विकाशील राष्ट्रमा स्तरोन्नति हुने बताएका छन् ।














प्रतिक्रिया