१२ कार्तिक २०८३, बिहिबार

नक्कली सुन देखाई ७ लाख रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

सिन्धुपाल्चोक, १५ फागुन । नक्कली सुन देखाई ७ लाख रुपैयाँ ठगी गरी फरार रहेका बाह्रबिसे नगरपालिका–८ बस्ने ३८ वर्षीय जित बहादुर तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

बलेफी गाउँपालिका–४ टुनीबोटबाट गत असोज ३० गते नक्कली सुन देखाई उक्त नगद ठगी गरी फरार रहेका तामाङलाई ईलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको प्रहरीले बाह्रबिसे नगरपालिका–८ मानेश्वरामा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।