१२ कार्तिक २०८३, बिहिबार

काठमाडौँका यी स्थानमा शनिबार विद्युत काटिने

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ फागुन । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा शनिबार ६ घन्टासम्म बिजुली अवरुद्ध हुने भएको छ ।

केही स्थानमा नांगो तार हटाएर कभर कन्डक्टर राख्ने कार्य हुने भएकाले विद्युत आपूर्ति बन्द गर्न लागिएको नेपाल विद्युत प्राधिरकणले जनाएको छ ।

प्राधिकरणले कीर्तिपुर फिडरअन्तर्गत त्रिभुवन विश्वविद्यालय परिसरमा ११ केभी क्षमताको लाइनको काम हुने भएकाले कीर्तिपुर फिडरअन्तर्गतका क्षेत्रमा बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको छ ।

विद्युत जाने क्षेत्रहरु काठमाडौँको बल्खु, खसीबजार, सीता पेट्रोल पम्प, परीक्षा नियन्त्रण कार्यालय, कुमारी क्लब, भगवती मन्दिर र त्रिभुवन विश्वविद्यालयको सबै कार्यालयहरु रहेका छन् ।