१२ कार्तिक २०८३, बिहिबार

फागुन २२ वा २३ गते संसद बैठक बोलाउने सरकारकाे तयारी

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ फागुन । सरकारले यही फागुन २२ वा २३ गतेभित्रै संसद अधिवेशन आह्वान गर्ने तयारी गरेको छ ।

सर्वोच्च अदालतले फागुन २४ गतेभित्र बैठक बालाइसक्नुपर्ने आदेश जारी गरेपछि फागुन २२ वा २३ बैठकका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारीमा सरकार लागेको छ ।

प्रधानमन्त्री ओलीले आफू निकट नेताहरुलाई फागुन २२ वा २३ गते संसद बैठक बोलाउन लागिएको जानकारी दिएका बताइएको छ ।

संसद बैठकमा विपक्षीहरुको भूमिका हेरेर थप रणनीति तयार गर्ने ओलीको तयारी रहेको बुझिएको छ ।