१२ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्री ओलीसँग नेकपा उपाध्यक्ष गौतमको भेटवार्ता

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतमबीच अहिले बालुवाटारमा छलफल चलिरहेको छ ।

संसद पुनर्स्थापनासँगै गौतम नेकपालाई एक बनाउन प्रयासरत छन् । उनले पुष्पकमल दाहाल प्रचण्डलगायत सँग भेट गरेर एक भएर अघि बढ्न प्रस्ताव गरेका थिए ।

प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतमबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।