१२ कार्तिक २०८३, बिहिबार

राष्ट्रपति भण्डारीले पशुपतिमा क्षमापूजा गर्दै

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले वुधबार पशुपतिनाथ मन्दिरमा क्षमापूजा गर्ने भएकी छन् ।

पशुपतिनाथ मन्दिरको मुख्य शिवलिङ्गमा रहेको जलहरी जिर्णोद्धार गर्ने काम चल्दै गर्दा राष्ट्रपति भण्डारी क्षमापूजा गर्ने भएकी हुन् । पशुपतिनाथमा सुनको जलहरी निर्माण भइरहेको छ ।

जलहरी राख्नुअघि पूजापाठका लागि भारतबाट ३३ जना ब्राह्मण भएका छन् भने उनीहरुले दुई दिनयता पूजापाठ गरिरहेका छन् । यस्तै भागवत आश्रम र पशुपतिकै १२१ जना पण्डितहरूले पनि पूजापाठ गरिरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

राष्ट्रपति भण्डारीले क्षमापूजा गरेपछि जलहरी राखिनेछ । यसअघि चाँदीको जलहरी रहेकोमा पशुपति विकास कोषले करिब १ अर्ब रुपैयाँमा जलहरी राख्न लागेको हो ।