१२ कार्तिक २०८३, बिहिबार

सर्वोच्च अदालतको फैसलाको काँग्रेसद्वारा स्वागत

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ फागुन । नेपाली काँग्रेसले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ ।

मंगलबार अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने फैसला प्रमुख प्रतिपक्षी काँग्रेसले स्वागत गरेको हो ।

काँग्रेस सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति जारी गर्दै सर्वोच्चको फैसलाको स्वागत गरेका हुन् ।

विज्ञप्तिमा सभापति देउवाले सरकारले चालेको कदमलाई सुरुदेखि नै असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कदमको रुपमा दिएको बताएका छन् ।

उनले भनेका छन्, ‘गत पुस ५ गते प्रधानमन्त्री केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारले प्रतिनिधिसभा विघटन गरेको घटनालाई काँग्रेसले तत्काल नै असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कदम भनी निर्णय गरेको थियो । नेपाली काँग्रेसले अदालतमा विचाराधीन मुद्दामा आफ्नो पक्षमा फैसला गराउन कसैले पनि दवाव दिन नहुने र सर्वोच्च अदालतले गर्ने फैसलालाई सम्मान गर्ने कुरा सार्वजनिक गर्दै आएको थियो । नेपाली काँग्रेसले विघटित प्रतिनिधिसभा पुनस्र्थापना हुने गरी सम्मानित सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान गर्दै स्वागत गर्दछ ।’