१२ कार्तिक २०८३, बिहिबार

सर्वोच्चको फैसलाले खुशी छु, अब पार्टी मिलाउँछु: उपाध्यक्ष गौतम

3.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ फागुन । नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधिसभा पुनस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले नेपालको राजनीति सहि ट्रयाकमा हिँड्ने बताएका छन् ।

उनले सर्वोच्चको फैसला नेपाली जनताको भावना, संविधानको मर्म अनुसार भएको बताउँदै फैसला स्वागतयोग्य भएको बताए ।

आफू अदालतको फैसलाबाट खुशी भएको प्रतिक्रिया दिँदै गौतमलाई अदालतलाई बधाई दिएका छन् । त्यस्तै, उनले अब नेकपालाई एकीकृत गरेर सहि दिशा दिन आफू त्यसमा प्रयत्न गरेर पार्टी मिलाउने बताए ।