१२ कार्तिक २०८३, बिहिबार

अवैध २६ हजार अमेरिकी डलरसहित बेलायती नागरिक पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ११ फागुन । प्रहरीले लुकाइछिपाइ अवैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको २६ हजार ३ सय १० अमेरिकी डलरसहित एक जना बेलायती नागरिकलाई पक्राउ गरेको छ ।

मंगलबार दिउँसो राहदानी नम्बर ५५३४०८८७५ वाहक बेलायती नागरिक ५१ वर्षीय नेल विलियम ग्रिनउडलाई प्रहरीले पक्राउ गरेको हो ।

कतार एअरवेजको उडानद्वारा काठमाडौँबाट दोहा हुँदै लण्डन जान लागेका उनलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाको एक्स रे मेसिनमा जाँच गर्ने क्रममा ह्याण्ड ब्यागभित्र लुकाई राखेको १ सय दरका २ सय ६३ थान तथा १ दरको १० थानमा रहेको उक्त अमेरिकी डलर र ७ हजार ९ सय ७० नेपाली रुपैयाँ फेला पारी उनलाई अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको उक्त कार्यालयले जनाएको छ ।