१२ कार्तिक २०८३, बिहिबार

छालसँग डराएर समुन्द्रमा पस्न सकिँदैन, जस्तोसुकै परिस्थितिको सामना गर्छौँः प्रधानमन्त्री ओली

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको नेकपामात्रै वास्तविक राजनीतिक पार्टी भएको भएको दावी गरेका छन् ।

मंगलबार राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको प्रथम बैठक सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘पार्टी भन्न लायक पार्टी नै हाम्रो पार्टी हो । अढाई महिना अघिसम्म हाम्रो पार्टी पनि अरु पार्टीजस्तै थियो । मारामार, अहिले अर्को पार्टीको कुरा सुन्दै हुनुहुन्छ होला के खोल्दै हुनुहुन्छ रे’, प्रचण्ड माधव समूहलाई लक्षित गर्दै ओलीले भने, ‘२५ प्रतिशत हैसियत छैन । ५० प्रतिशत चाहियो रे । उधारो हुँदैन फेरि नगदा नगदी ।’

त्यस्तै, ओलीले अदालतलाई संसद पुनस्थापना हुँदा के हुन्छ भन्ने थाहा भएकाले संसद पुनस्थापना नहुने र सूर्य चिन्ह आफ्नै नेतृत्वको पार्टीले पाउने बताएका छन् ।

‘अदालतलाई राम्ररी थाहा छ । पुनःस्थापना भयो भने के हुन्छ ?’ कथमंकदाचित पुनःस्थापना भयो भने के हुन्छ भन्दा प्रचण्ड र माधव नेपालजी हल बाँधेर प्रधानमन्त्री खोज्न हिँड्नुहुन्छ’ ओलीले भने ।

त्यस्तै, संसद पुनस्थापना भइहाले पनि प्रचण्ड र नेपालको प्रधानमन्त्री बन्ने अवस्था नरहेको बताउँदै ओलीले भने ‘यदि उहाँहरुले जित्नुभयो भने पनि प्रधानमन्त्री खोज्दै हिँड्नुहुन्छ, त्यसका लागि पनि मकहाँ आउनुहुन्छ ।’

प्रधानमन्त्री ओलीले प्रचण्ड माधवतर्फ इंगित गर्दै बाटो विराउनेलाई फर्कन समेत आग्रह गरेका छन् ।

‘बिचरा मलाई प्रचण्डजीको माया लाग्छ । के खान गएको कहाँ डुबेर मर्यो भनेजस्तो भएको छ’ आलीको भनाइ छ ।

ओलीले आफू जस्तोसुकै अवस्थामा पनि यस्तो आत्मविश्वासका साथ प्रस्तुत हुने बताए । ‘उतारचढावसँग, छालसँग डराएर समुन्द्रमा पस्न सकिँदैन । हामी छालहरू पार गरेर अगाडि बढ्छौँ । जस्तोसुकै परिस्थितिको सामना गर्छौँ’, ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले आफ्नो समर्थनमा लागेका युवाहरुलाई मौरी र झिँगा छुट्याएकोमा धन्यवाद दिएका थिए ।

‘मौरीले मह जम्मा गर्छ, घार बनाउँछ । आफू पनि खान्छ अरुलाई पनि वितरण गर्छ । झिँगाका पछाडि लाग्यो भने फोहोरको डुंगुरमा पुग्छ । त्यहाँ पुगेपछि आफू पनि रोगी बन्छ र अरुलाई पनि बिरामी पार्छ’, ओलीको भनाइ थियो ।