१२ कार्तिक २०८३, बिहिबार

राष्ट्रिय एकता भड्काउने संविधान मान्य हुँदैन् : एमाले महासचिव पोखरेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ishwar-Pokhrelउदयपुर, १६ चैत । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अब बन्ने संविधानले राष्ट्रिय एकता तथा जातीय सद्भाव नखल्बल्याउने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपाल पत्रकार महासङ्घ उदयपुर शाखाले आज विहान गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले जातीय सद्भाव बिगार्ने र राष्ट्रिय एकता भड्काउने खालको संविधान एमालेले कुनै पनि हालतमा बन्न नदिने दृढता प्रकट गर्नुभयो ।

अबको संविधान नेपालका १२३ जातजातिको साझा संविधान हुने पनि उहाँले बताउनुभयो ।

महासचिव पोखरेलले भन्नुभयो – ‘नेकपा एमालेले संविधान निर्माण गर्दा तीन कुरामा सहमति गर्दैन – हिमाल, पहाड, तराई र मेची महाकाली छुट्याने कुरा, जातीय सद्भाव बिगार्ने कुरा र राष्ट्रिय एकता कमजोर बनाउने कुरा ।’

आफ्नो पार्टीले अहिले प्रतिपक्ष दलहरुसँगको वार्ता अगाडि बढाउन जोड दिइरहेको बताउँदै महासचिव पोखरेलले उनीहरुसँग सहमति नभए प्रक्रियाबाट भए पनि संविधान जारी गरिने धारणा राख्नुभयो ।