
काठमाडौँ, ३ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगलाई चुनावी कार्यतालिका सार्वजनिक गर्न आग्रह गरेका छन् ।
उनले अदालतले भन्दा पनि आयोगले बदमासी गर्न सक्ने शंका व्यक्त गर्दै निर्वाचन आयोगले अहिलेसम्म चुनावी कार्यतालिका नल्याएको प्रति आशंका व्यक्त गरेका हुन् ।
भैरहवामा आयोजित सभामा देउवाले भने, ‘निर्वाचन आयोगले किन अहिलेसम्म निर्वाचन कार्यक्रम बाहिर निकाल्दैन? चुनाव नगराउने हो भने भन्नुपर्यो चुनाव गराउँदिनँ भनेर। चुनाव गराउने हो भने निर्वाचनको प्रक्रिया सुरू गरेकै छैन । कुनै पनि संसदको विघटन भएको छ महिनाभित्र चुनाव गरिसक्नुपर्छ ।’
देउवाले जेठभित्र आयोगले चुनाव गराउनुपर्ने पनि बताए ।
‘जेठ अन्तिमसम्म ओलीले चुनाव गराउनुपर्छ। निर्वाचन आयोगको पनि त्यही काम हो। आयोग संविधान बाहिर जान सक्छ ? उसलाई मतलब नै छैन । निर्वाचन आयोगलाई म यहीबाट भन्न चाहन्छु, प्रधानमन्त्री ओलीले संसद विघटन गरेको छ महिनाभित्र चुनाव गराइसक्नुपर्छ,’ उनले भने ।
त्यस्तै, उनले प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन गर्छु ।
‘निर्वाचन आयोगमाथि शंका गर्नुपर्ने बेला भइसकेको छ। किन यसले चुनावको कार्यतालिका प्रकाशित गर्दैन ?,’ उनले भने, ‘सबै पार्टीलाई बोलाएर किन चुनावी कार्यक्रम दिन सक्दैन ? अदालतको निर्णय पर्खने काम आयोगको होइन । अदालतले चुनाव हुँदैन भन्यो भने रोके भइगो के विग्रन्छ । आयोगले छ महिनाभित्र निर्वाचन गर्छु भनेर जनतालाई भन्नुपर्यो ।’
उनले निर्वाचन आयोग किन नबोलेको भनेर प्रश्न गरेका छन् । ‘समयमै चुनाव गराउँछु भनेर बोलेकै छैन, किन केही बोल्दैन?,’ उनले भने ।














प्रतिक्रिया