१२ कार्तिक २०८३, बिहिबार

के छ चार पूर्वप्रधानन्यायाधीशहरुले दिएको लिखित जवाफमा ?

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ फागुन । चार पूर्वप्रधानन्यायाधीशले सोमबार सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् ।

अदालतको अवहेलनासम्बन्धी मुद्दा झेलिरहेका पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, सुशिला कार्की र अनुपराज शर्माले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् ।

पूर्वप्रधानन्यायाधीश शर्माले छुट्टै र रायमाझी, श्रेष्ठ र कार्कीले संयुक्त रुपमा लिखित जवाफ पेश गरेका छन् ।

अधिवक्ता लोचन भट्टराई र धनजीत बस्नेतले चार पूर्वप्रधानन्यायाधीशविरुद्ध उनीहरुबाट गत पुस २४ गते जारी संयुक्त विज्ञप्तिले अदालतको अवहेलना भएको भन्दै सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट दायर गरेका थिए ।

प्रतिनिधिसभा विघटनबारे धारणा व्यक्त गरेका उनीहरुविरुद्ध अदालतको अवहेलना सम्बन्धी रिट दायर गरिएको थियो ।

रिट निवेदकले अदालतमा विचाराधीन मुद्दामा धारणा सार्वजनिक गरेको र न्याय निरुपणलाई प्रभावित पारेको भन्दै उनीहरुविरुद्ध कारवाहीको दावी समेत गरिएको थियो ।

पूर्वप्रधानन्यायाधीशहरु रायमाझी, श्रेष्ठ र कार्कीको यस्ताे छ संयुक्त लिखित जवाफः