१२ कार्तिक २०८३, बिहिबार

डा. गोविन्द केसीको अवस्था गम्भीर, आइसियुमा सार्ने तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Govinda-kc

काठमाडौं, १६ चैत । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अबस्था बिग्रिएपछि आइसियुमा सार्ने तयारी गरिएको छ ।

नौ दिनदेखि अनशनरत केसी बेला बेलामा अर्धबेहोस हुने अवस्था देखिएको छ । यसैगरी, छाती, टाउको तथा मांसपेशी दुख्ने लगायतका समस्या देखिएको छ ।

डा केसीको स्वास्थ्यलाई निकटबाट नियालिरहेका शिक्षण अस्पतालका चिकित्सक डा अपिल न्यौपानेका अनुसार केसीको रगतमा म्याग्नेसियम, पोटासियम र बाइकार्बोनेटको लेभल घटेको छ । मुटुको चालमा घटबढ आइरहेको छ ।

डा. न्यौपानेका अनुसार, लगातार भोकै बसेका कारण शरीर सञ्चालनका निम्ति अत्यावश्यक रसायनहरूको अभाव देखिन थालिसकेको छ । यस्तो अवस्था कुनै पनि बेला अप्ठेरो स्थिति आउन सक्ने भएकाले उनलाई आइसियुमा सार्न लागिएको हो ।