काठमाडौँ, २ फागुन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुनःनिर्माण सम्पन्न भएको छ ।
भूकम्पका कारण क्षतिग्रस्त बनेको कार्यालयको पुनःनिर्माण सकिएको । यससँगै प्रधानमन्त्री कार्यालय सिंहदरबारस्थित पहिलैकै स्थानमा सर्ने भएको छ । प्रधानमन्त्री कार्यालय पहिलेकै स्थानमा सार्नका लागि आवश्यक सजावटका कार्यहरु भइरहेका छन् ।
फागुन ३ गते सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यालय भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
त्यही उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले सरकारले ३ वर्षमा गरेका कार्यहरुको बारेमा जानकारी दिने पनि बताइएको छ ।
सिंहदरबारको मुख्य प्रशासनिक भवनको प्रबलीकरण सम्पन्न भएकोले प्रधानमन्त्री ओलीबाट सोमबार उद्घाटन गरिने बताइएको हो ।














प्रतिक्रिया