१२ कार्तिक २०८३, बिहिबार

बाग्लुङमा तीन पूर्वाधारमा १५ करोड साझेदारी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाग्लुङ, २ फागुन । पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास र प्रवद्र्धन गर्न पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले बागलुङका तीन योजनामा सझेदारी गर्ने भएको छ ।

सोका लागि झण्डै रु १५ करोड २१ लाख बजेट विनियोजन गरिएको छ । पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी निर्देशिका २०७७ अनुसार साझेदारीमा ती आयोजना सञ्चालन हुनेछन् ।

प्रदेश र स्थानीय तहसँग लागत साझेदारीमा पर्यटकीय गन्तव्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत मन्त्रालयको गत माघ २९ गतेको मन्त्रीस्तरिय बैठकले आयोजनाको छनोट तथा बजेट विनियोजन गरेको हो ।

गण्डकी प्रदेशमा सबैभन्दा धेरै योजना बागलुङ र गोरखामा सञ्चालन हुनेछन् । यी जिल्लामा तीनरतीन योजना छनोट भएका मन्त्रालयले सूचनामार्फत जानकारी गराएको छ ।

बागलुङ नगरपालिका– ५ र ६ को मालिका सामुदायिक वन क्षेत्रमा वन्यजन्तु संरक्षण तथा पर्यटन प्रबद्र्धन आयोजना सञ्चालन हुने भएको छ ।

रु पाँच करोड ६५ लाखको योजनामा तीन करोड ६५ लाख मन्त्रालयले र रु एक करोड ९६ लाख नगरपालिकाले साझेदारी गर्ने नगर प्रमुख जनकराज पौडेलले बताए । गलकोट नगरपालिकामा गलकोट टेउवा मूर्तिकला सङ्ग्रहालय निर्माण तथा घुम्टेसम्म सडक पहुँच विस्तारको योजना छनोट भएको छ ।

दुई वर्षमा सकिने रु सात करोडको लागतको यो योजनाका लागि मन्त्रालयको चार करोड ५५ लाख अनुदान र नगरपालिकाको रु दुई करोड ४५ लाख साझेदारी रहने छ ।

ताराखोला गाउँपालिकामा सांस्कृतिक सङ्ग्रहालय निर्माणका लागि बजेट विनियोजन गरिएको छ । रु दुई करोड ६६ लाखको योजनाका लागि रु एक करोड ८६ लाख मन्त्रालय र रु ८० लाख गाउँपालिकाले साझेदारी गर्नेछन् । –रासस