२८ आश्विन २०८३, बुधबार

बिचौलियाका कारण किसान मारमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी। जिल्लामा तरकारीको व्यवस्थित बजार नहुँदा तरकारी उत्पादक किसानले मार खेप्दै आएका छन् ।

बजार व्यवस्थित नहुँदा किसानले आफ्नो रगत र पसिना बगाई उत्पादन गरेको तरकारी बिचौलियाका कारण सस्तो मूल्यमा बेच्न बाध्य छन् ।

गाउँ नजिक पायक पर्ने स्थानमा कृषि बजार नहुँदा किसानलाई आफ्नो उत्पादन सदरमुकाम राजविराजसम्म पुरयाउनुपर्ने बाध्यता छ ।

यातायातको साधनको आभावमा किसानले आफूले उत्पादन गरेको तरकारी आफैले बोकेर वा साइकल र बैलगाडामा हालेर सदरमुकाम राजविराजसम्म पु¥याउने गरेका छन् ।
जिल्लाको एकमात्र तरकारी बजार राजविराजको गुदडीहाटमा बिचौलियाको वर्चश्व छ किसान चन्दर यादव भन्नुहुन्छ ।

भारतको गुलाबी सहर जयपुरको नक्सामा आधारित राजविराज बजारको सुरु नक्साङ्कनमै गुदडीहाटको संरचना भए पनि अहिलेसम्म गुदडीहाट व्यवस्थित नहुँदा समस्या भएको उपभोक्ताको भनाइ छ ।
आफूहरूले बिचौलियामार्फत प्रतिकिलो रु १० देखि रु १५ मा बेचेको लौका, फर्सी उपभोक्ताहरूले बजारमा रु २० देखि रु २५ सम्ममा किन्ने गरेको किसानको गुनासो छ । जिल्लाका हरेक भेगमा तरकारीको थोकहाट भए किसानलाई सुविधा हुने उनीहरूको भनाइ छ ।

तरकारी हाटका लागि छुट्याइएको हाटमा मनपर्दी ढंगले ठूला व्यापारीहरूले टहरा बनाउनुका साथै गोदामसमेत त्यहीँ राख्ने गरेको र सोही क्षेत्रमा किराना पसल, बिजुली तेल, कुखुरा, अण्डा आदि सबैखाले पसल रहेकाले तरकारी बजार अव्यवस्थित बनेको उपभोक्ताको गुनासो छ ।

कृषि बजारको अभावमा जिल्लाका किसान ठगीमा पर्ने गरेको स्वीकार्दै जिल्ला कृषि विकास कार्यालय सप्तरीका प्रमुख अशोककुमार दास यादव भन्नुहुन्छ, “तरकारी हाटमा गाउँका सर्वसाधारण कृषकको पहुँच हुन सकिरहेको छैन, त्यसैले उहाँहरू विचौलियाको फन्दामा पर्ने गर्दछन् ।” गाउँगाउँमा कृषि हाट बजार व्यवस्थित बनाउन कार्यक्रमहरू सञ्चालन गर्दै आएको प्रमुख यादवको भनाइ छ ।