
काठमाडौँ, ३० माघ । नेकपा प्रचण्ड माधव समूहका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना भएका छन् ।
खनालमा उच्च रक्तचाप र श्वासप्रश्वाससम्बन्धी समस्याले खनाल नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि शुक्रबार विहान भारत गएका थिए ।
भारतका लागि नेपाली राजदूत निलम्बर आचार्यले खनाललाई एपोलो अस्पतालमा राखिएको सामाजिक संजालमार्फत जानकारी दिए । अस्पताल भेट्न पुगेको आचार्यले खनालको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।














प्रतिक्रिया