१२ कार्तिक २०८३, बिहिबार

कुटपिटबाट श्रीमानको मृत्यु, श्रीमती पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा श्रीमान्–श्रीमतीबीच कुटपिट हुँदा श्रीमानको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बकैया गाउँपालिका–१ बाघफलमा बुधबार स्थानीय ५३ वर्षीय टेकबहादुर मुक्तान र उनकी ४५ वर्षीया श्रीमती प्रेमकुमारी मुक्तानबीच झैझगडा तथा कुटपिट भएको थियो । सोही घटनामा टेकबहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरीले प्रेमकुमारीलाई नियन्त्रणमा लिएको छ ।

उनलाई जिल्ला अदालत मकवानपुरबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।