१२ कार्तिक २०८३, बिहिबार

डा गोविन्द केसीको आन्दोलनमा चितवनका चिकित्सकको एक्येवद्धता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dr-govinda-kc– सन्दिप भट्ट
चितवन, १६  चैत । चिकित्सा क्षेत्रको सुधारको माग राख्दै एक सातादेखि अनशनरत प्राध्यापक डा. गोविन्द केसी पक्षमा समर्थन जनाउँदै चितवनका स्वास्थ्यकर्मीहरुले दिप प्रज्वलन गरेका छन् ।

डा. केसीको स्वास्थ्यमा विस्तारै समस्या हुदै गएपछि चिकित्सक संघ डा. के.सी स्वास्थ्य सुधारको माग गर्दै चितवनका स्वास्थ्य कर्मीहरुले र्‍याली समेत निकालेका छन् । भरतपुर अस्पताल परीसरवाट दिप प्रज्वलन गरी सूरु गरीएको र्‍याली चौविशकोठी हुदै पुुन भरतपुर अस्पताल आईदिप प्रज्वलन गर्दै सकिएको हो ।

‘काठमाडौंमा सुन बाडेर हुम्लाका जनता बाच्दैनन’, ‘देश विरामी छ’, ‘मलाई अनसर बस्न रहन थिएन तपाई ईमान्दार भएको भए’, ‘डा. केसीको माग पुरा गर’ लगायतका प्लेकार्डहरु बोकेका स्वास्थ्यकर्मीहरु र्‍यालीमा सहभागी थिए ।

दिप प्रज्वलन गर्दै नेपाल चिकित्सक संघका अध्यक्ष कृष्ण पौडेलले स्वाथ्य क्षेत्रमा आएका माफियाहरुको विरुद्द डा. केसीले गरेको आन्दोलन सही भएको वताएका थिए ।

मेडिकल चिकित्सक, डेण्टल एसोसियसन, चिकित्साशास्त्र अध्ययन गर्ने विधार्थी लगायतका सयौं स्वास्य क्षेत्रका संगठनमा आवद्ध सयौं स्वास्थ्यकर्मीहरु र्‍यालीमा सहभागी थिए ।

र्‍याली पुन अस्पताल परीसरमा पुगेर डा. केसीको स्वास्थ्य लाभका कामना गर्दै दिप प्रज्वलन गरीएको चिकित्सक संघका सहसचिव डा.भोजराज अधिकारीले जानकरी दिए । डा. केसीको मागको वेवास्ता गरे चिकित्सकहरु कडा आन्दोलनमा उत्रिने डा अधिकारीले चेतावनी दिए ।