६ मंसिर २०८३, आइतबार

काठमाडौं उपत्यकामा हल्का वर्षा हुन सक्ने, पश्चिममा हिमपात

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ माघ । पश्चिमी क्षेत्रका केही ठाउँमा वर्षा भएको छ । वर्षा भएपछि पश्चिमका पहाडी जिल्लामा हिउ समेत परेको छ ।

पश्चिमी वायुको प्रभावका कारण गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम क्षेत्रका केही ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

ती क्षेत्रमा पश्चिमी वायुको प्रभाव बिहीबारदेखि नै परेको थियो । पश्चिमका हिमाली जिल्लामा हिमपातको सम्भावना पनि रहेको छ ।

प्रश्चिमी वायुको प्रणालीकै कारण शुक्रबार मौसम बद्ली हुनेछ ।

देशका धेरै ठाउँमा वर्षा हुने पूर्वानुमान गरिएको छ । प्रणाली कमजोर बन्दै गएकाले हल्का वर्षा मात्रै हुने सम्भावना रहेको छ ।

काठमाडौं उपत्यकासहित मध्य क्षेत्रमा हल्का वर्षा हुने अनुमान गरिएको छ । मध्य र पूर्वमा क्षेत्रमा यो प्रणालीको प्रभाव शनिबारसम्म रहनेछ ।

बझाङमा बिहीबार रातिदेखि वर्षा भएको छ । वर्षा भएपछि हिमपात भएको छ ।