६ मंसिर २०८३, आइतबार

लक्ष्मी सनराइज बैंक इन्भिटेसनल गल्फ प्रतियोगिताको उपाधि कार्कीलाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गोकर्ण गल्फ क्लबमा शनिबार सम्पन्न लक्ष्मी सनराइज बैंक इन्भिटेसनल गल्फ प्रतियोगिताको उपाधि दीपककुमार कार्कीले जितेका छन् ।

१४ ह्यान्डिक्यापमा खेलेका कार्कीले ४१ स्टेबलफोर्ड अंक जोड्दै उपाधि हात पारेका हुन् ।

दुई ह्यान्डिक्यापमा खेलेका टासी डोङ प्रतियोगितामा उपविजेता बने ।

नर्बु छिरिङ शेर्पाले ३७ ग्रस अंकसहित बेस्ट ग्रसको उपाधि जिते । महिलातर्फ अञ्जिला योञ्जनले ३४ अंकसहित उपाधि जितिन् भने विपना श्रेष्ठ ३३ अंकसहित उपविजेता भइन् ।

६० वर्षमाथिको सिनियरतर्फ प्रकाश एसजेबी राणाले ३४ अंकसहित उपाधि जिते । पूर्णमान शाक्य ३३ अंकसहित दोस्रो भए ।

विजय श्रेष्ठ इनहाउसले लङ्गेस्ट ड्राइभ, रोबिन राणाले क्लोजेस्ट टु द पिन तथा टासी डोङले ६ बर्डीसहित मोस्ट बर्डीजको पुरस्कार जिते ।

लक्ष्मी सनराइज बैंकको रङ झल्किने पहिरन लगाएका विजयबहादुर श्रेष्ठ र आत्माराम सिम्खडाले एलिगेन्ट गल्फरको पुरस्कार प्राप्त गरे ।

लक्ष्मी सनराइज बैंकको प्रायोजनमा आयोजित प्रतियोगिता तीन चौथाइ (३/४) ह्यान्डिक्यापमा स्टेबलफोर्ड फर्म्याटमा खेलाइएको थियो ।

प्रतियोगितामा ११ महिला खेलाडीसहित कुल ११२ गल्फरको सहभागिता रहेको थियो ।

प्रतियोगिताका विजेताहरूलाई लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपाल, प्रमुख कार्यकारी अधिकृत सुमेध भट्टराई तथा गोकर्ण गल्फ क्लबका क्याप्टेन जोसेफ नाथनले पुरस्कार वितरण गरेका थिए ।