६ मंसिर २०८३, आइतबार

एमालेको ‘अपरेसन ऐना’ अभियान सुरू

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । नेकपा एमालेले ऐना अभियान सुरू गरेको छ ।

एमालेले सामाजिक सञ्जालमा पार्टी र नेताहरूविरूद्व गाली एवम् अभद्र व्यवहार गर्नेको तस्वीरसहित सामाजिक सञ्जालमा पोष्ट गर्न थालेको हो ।

एमालेविरूद्ध भ्रम फैलाउने, नियोजित रूपमा दुष्प्रचार गर्ने तथा सामाजिक असहिष्णुता बढाउने गतिविधि भइरहेको पाइएपछि त्यसको जवाफस्वरूप ‘अपरेसन ऐना’ अभियान सुरू गरेको पार्टीले जनाएको छ।

यस अभियानमार्फत एमालेले सामाजिक सञ्जालमा पार्टी र नेताहरूलाई लक्ष्य गरी लेखिने अभिव्यक्तिमाथि निगरानी भइरहेको सन्देशसमेत दिएको छ।