११ कार्तिक २०८३, बुधबार

सहमतीय विधान बनाउने नै अल्पमत-बहुमतको किचलो गर्न थालेः नेता भट्टराई

4.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, १६ माघ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता निर्मल भट्टराईले नेकपा एकता हुँदा पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष आग्रहमा पार्टीको एकता महाधिवेशनसम्म सहमतिमा मात्र पार्टी सञ्चालन गर्ने प्रणालीमा आधारित विधान बनाइएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सूर्यविनायक वार्ड नं ४ द्वारा आयोजित कार्यकर्ता प्रशिक्षण भेलामा उनले सो कुरा बताएका हुन् ।

तत्कालीन एमालेको सत्तरी प्रतिशतसँग माओवादीको तीस प्रतिशत शक्ति मिसिदा शुरुवातबाट नै अल्पमत र बहुमतको शैली अपनाउँदा तत्कालीन माओवादीलाई असर पर्ने भएकोले पार्टी सञ्चालनका सबै काम दुई अध्यक्षको सहमतिमा गर्ने र सोही अनुसारको वैधानिक व्यवस्था गरिएको तर प्रचण्ड एकाएक अल्पमत बहुमतको अवैधानिक खेलमा लागेको उनको तर्क थियो ।

“जसरी एकता गर्दा, केन्द्रिय कमिटी बनाउदा, प्रधानमन्त्री बनाउदा सहमति चाहियो, विभाजन हुन पनि सहमति नै आवश्यक पर्छ ।“ उनले थपे ।

उनले प्रचण्ड-माधव समूह मध्यावधि निर्वाचनलाई तोकिएको मितिमा हुन नदिई देशलाई अनिश्चयको भुमरीमा फसाउने षणयन्त्रमा लागेको समेत बताए ।

भेलाले राजु लुबन्जार श्रेष्ठको संयोजकत्वमा १५१ सदस्यीय जनपरिचालन समन्वय कमिटी गठन गरेको छ ।