
काठमाडौँ, १६ माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करिब ४ हजारको परीक्षण गर्दा गत २४ घण्टामा थप १ सय ५७ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ७ सय ४५ जना पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ३ सय ३३ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ३ हजार २२ जना पुगेको छ ।
२४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या २ हजार २५ जना पुगेको मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा २० लाख ६४ हजार ८१ जनाको पीसीआर परीक्षण भइसकेको छ ।















प्रतिक्रिया