११ कार्तिक २०८३, बुधबार

स्रोत नखुलेको ३८ लाख रकमसहित ५ जना पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १६ माघ । काठमाडौँ महानगरपालिका २२ न्यूरोडबाट स्रोत नखुलेको ३८ लाख ७ हजार रूपयाँ नगद र २२ लाख ८ हजार १ सय ५० रूपैयाँ लेखिएका २४ थान चेक सहित ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा हुम्ला सार्केगार्ड गाउँपालिका १ घर भएका २७ वर्षीय नवराज रावत, २८ वर्षीय संजय बुढा, ३० वर्षीय गोपाल रावत, मकवानपुर थाहा नगरपालिका ११ बस्ने २७ वर्षीया सानुमाया तमाङ र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका ७ बस्ने २७ वर्षीय भीमसेन बहादुर तमाङ रहेका छन् ।

महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले शंकास्पदरुपमा हिँडिरहेका उनीहरूलाई नियन्त्रणमा लिई तलासी गर्दा उक्त रकम र चेक फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारबाहीको लागि सम्पति सुद्दिकरण विभाग पुल्चोक पठाइने उक्त वृत्तले जनाएको छ ।