११ कार्तिक २०८३, बुधबार

दोस्रो दिन लगाए करिब २९ हजारले कोरोनाविरुद्धको खोप, कुन प्रदेशमा कति ?

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ माघ । कोभिड १९ विरुद्धको खोप अभियानको दोस्रो दिन बिहीबार २८ हजार ७ सय ३२ जनाले खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७७ जिल्लामा २८ हजार ७ सय ३२ कोरोना भाइरसविरुद्धको खोपको पहिलो खुराक(डोज)लगाएको जनाएको छ ।

भारतले अनुदान दिएको खोपलाई अग्रपंक्तिमा रहेर कार्य गर्ने मानिसहरुलाई पहिलो चरणमा लगाइएको छ ।

बिहीबार सबैभन्दा धेरै बागमती प्रदेशमा ११ हजार ४ सय ६१ जनाले लगाएका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा १ हजार ६ सय ७७ जनाले लगाएका छन् ।

त्यस्तै, प्रदेश १ मा ३ हजार ८सय ४७, प्रदेश २ मा २ हजार १ सय ७४, गण्डकी प्रदेशमा ४ हजार ८ सय ५३, लुम्बिनी प्रदेशमा २ हजार ३ सय ३ र सुदूरपश्चिम प्रदेशमा २ हजार ४ हजार १ सय २७ जनाले खोप लगाएका हुन् । कोरोनाभाइरस विरुद्धको खोप अभियानको पहिलो दिन हिजो ९ हजार ८४ जनाले खोप लगाएका थिए ।

पहिलो चरणको खोपको प्राथमिकतामा सरकारले स्वास्थ्यकर्मीहरू, फोहोरमैला व्यवस्थापनमा खटिने फोहोर संकलक तथा चालकहरू, एम्बुलेसन्स तथा शव वाहन चालक तथा सहचालकहरु, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयं सेवकहरू वृद्धाआश्रममा रहेका व्यक्ति, हेरचाह तथा व्यवस्थापनमा खटिने कर्मचारीहरू जेलमा रहेका कैदी तथा सुरक्षाकर्मीहरू रहेका छन् । मन्त्रालयका अनुसार हालसम्म खोप लगाएका व्यक्तिहरुलाई कुनै पनि किसिमका असरहरु देखिएका छैनन् ।