
काठमाडौँ, १४ माघ । काठमाडौँको दक्षिणकाली नगरपालिका–९ हुमानेमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
मंगलबार राति ८ बजे थाहाखेलबाट फर्पिङतर्फ आउँदै गरेको बा ३ ख ६१९९ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो ।
मृत्यु हुनेमा ट्रक चालक मकवानपुरको थाहा नगरपालिका–४ बज्रबाराहीका ३१ वर्षीय मोहनलाल रुम्बा र परिचालक अछाम घर भई काठमाडौँको दक्षिणकाली बस्ने २८ वर्षीय गोमबहादुर बुढा रहेका ईलाका प्रहरी कार्यालय फर्पिङले जनाएको छ ।
दुर्घटनामा घाइते भएका उनीहरुको ट्रमा सेन्टर काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रहरीका अनुसार आरालोमा ट्रकको ब्रेक फेल भएर अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने बताइएको छ ।















प्रतिक्रिया